रास्वपाको दुई महिने ‘जनयात्रा’ सुरु

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २३, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हिजो शनिबार चितवनबाट दुईमहिने जनयात्रा शुभारम्भ गरेको छ ।

कार्यवाहक सभापति डोलप्रसाद (डिपी) अर्यालले यो अभियान जनभावना बुझ्नका लागि ७७ वटै जिल्लामा सञ्चालन गरिने धादिङपोष्टलाई बताए ।

शनिबार चितवनको भरपुरस्थित गेस्ट हाउस चौरमा आयोजित कार्यक्रममार्फत गत राष्ट्रिय भेलामा घोषणा गरेको ‘जनताको कुरा सुन्ने यात्रा, जनयात्रा’को शुभारम्भ गरिएको हो । पार्टीका उपसभापति स्वर्णिम वाग्लेसहितका नेता कार्यकर्ताले घण्टी बजाउँदै औपचारिक रूपमा कार्यक्रमको शुभारम्भ गरेका थिए ।