आज सार्वजनिक बिदा

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २३, २०८१

काठमाडौं । रामनवमीको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

हिन्दू धर्मावलम्बीले श्रद्धापूर्वक भगवान् रामको पूजा गरेर यो पर्व मनाउने गर्छन् । हरेक वर्षको चैत शुक्ल नवमीमा पर्ने यस पर्वमा मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको स्मरण गरिन्छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ ।

धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक डा. रामचन्द्र गौतम रामनवमी पर्वको महत्व रामजस्तै मर्यादित, अनुशासित र राज्य सञ्चालकको कौशलतासँग जोडिएको बताउनुहुन्छ । रामनवमीमा नदी, ताल, कुण्डमा स्नान गरी व्रत बसेर रामगीता पाठ गर्ने परम्परा छ । चैत र असोजको नवरात्रलाई जाग्रत दसैँका रूपमा महत्वका साथ मनाइन्छ भने पुस र असारको नवरात्रलाई सुप्त दशैं भनिन्छ ।