
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले फैसला आएको दुई घण्टामै पक्राउ गरेको छ ।
पीडित नागरिकका हजारौँ उजुरी मात्रै होइन, संसदीय छानबिन विशेष समितिले सहकारी ठगीका नाइके किटान गर्दै कारबाही गर्न सिफारिस गरेका व्यक्तिहरू पक्राउ गर्न चासो दिएको छैन । सहकारी ठगीकै अभियोग लागेका रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न भने पहिल्यै निर्देशन लिएर खटिएजस्तो देखिएको छ ।
रविलाई पक्राउ गर्न प्रहरी काठमाडौंको हात्तीगौँडास्थित उनको घरमा सवा नौ बजे नै पुगेको थियो । पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेसँगै प्रहरीले गएराति बूढानीलकण्ठको हेपाली हाइटबाट पक्राउ गरेको हो ।