
धादिङ । प्रेस सेन्टर नेपालको ५ औँ राष्ट्रिय महाधिवेशन धादिङपोष्ट डटकमका प्रधान सम्पादक पुनः केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि सम्पन्न चौंथो महाधिबेसमा पनि केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भए सँगै भदौ २१, २०८० को केन्द्रीय कमिटीको निर्णय सँगै धादिङ जिल्ला इञ्चार्जको रुपमा समेत काम गर्दै आएका थिए ।
सचिव पदका आकांक्षी सिलवाल मतदान प्रक्रियामा नजाने भएपछि बागमती प्रदेशबाट सचिवमा मिनकुमार दाहाललाई सघाउँदै केन्द्रीय सदस्यमा निर्विरोध भएका हुन् । बागमती प्रदेशले एक पदाधिकारी सहित ५ केन्द्रीय सदस्य पाएको छ जसमा सचिव मिनकुमार दाहाल, महिला सदस्यमा अजिता अधिकारी, नारायण सिलवाल, ध्रुर्वराज ढकाल, रामकृष्ण बञ्जरा छन् ।
केन्द्रीय समितिको सदस्य संख्या २९९ बाट ९९ मा झरे सँगै अब सिलवाललाई धादिङ–नुवाकोट र रसुवाको समेत इञ्चार्ज जिम्मेवारी दिने तयारी अनुरुप केन्द्रिय सदस्यमा निर्विरोध निर्वाचित गरेको बताईएको छ ।
महाधिवेशनमा देशैभरिबाट सहभागी ८०४ प्रतिनिधि र आयोजकहरूबीच केन्द्रीय कमिटिका सम्पूर्ण संरचना प्रत्येक्ष निर्वाचनको प्रक्रियामा गयो, केही पदमा निर्विरोध र अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव लगयात धेरै पदमा गाेप्य मतदानबाट निर्वाचित भए ।
अध्यक्षमा कमल गिरि, वरिष्ठ उपाध्यक्षमा सुरेश अधिकारी, उपाध्यक्ष खुल्लामा लक्ष्मण खड्का, विवेक गाैतम र रामसिंह ठगुन्ना
उपाध्यक्ष समावेशीमा दिपक श्रेष्ठ जलन, उपाध्यक्ष महिलामा शान्ता अधिकारी, महासचिवमा मनाेज घर्ती, उपमहासचिवहरूमा ज्ञान प्रसाद पाैडेल, बुद्ध लाेप्चन, हरिश विक, लक्ष्मी आचार्य, अनिल मिश्र निर्वाचित भएका छन् ।