
धादिङ । प्रेस चौतारी नेपालको १० औं अधिबेशनबाट केन्द्रीय सदस्यमा धादिङबाट (श्रीहजुर) राजन सिलवाल चयन भएका छन् ।
२०७९ सालबाट पत्रकारिता सुरु गरेका उनी प्रेस चौतारी धादिङका निर्वमान जिल्ला अध्यक्ष हुन् । धादिङका रेडियो/टेलिभिजन हुँदै बाह्रखरी, नेपालभ्यूज, थाहा संचार पछि लगानीन्यूजमा कार्यरत श्रीहजुर विराटनगरमा सम्पन्न प्रेस चौतारीको केन्द्रीय अधिबेशनबाट केन्द्रिय सदस्यमा चय भएका हुन् ।
अधिबेशनबाट केन्द्रीय समितिको अध्यक्षमा गणेश पाण्डे, उपाध्यक्षमा चेतन अधिकारी, कृपा भण्डारी, महासचिवमा हिरामान लामा, उपमहासचिवमा हरिबल्लभ नेपाल, सचिवमा बिष्णु तारुके, प्रदिप आचार्य र नरेश भण्डारी चयन भएका छन् ।

