धादिङ कारागारमा ५१५ पुस्तक हस्तान्तरण

Avatar photo
Dhadingpost
आइतवार, चैत्र ९, २०८१

धादिङ । सामाजिक संस्था टिम नेपोले आफ्नो पुस्तक परियोजनाअन्तर्गत धादिङ जिल्ला कारागारमा ५१५ थान पुस्तक हस्तान्तरण गरेको छ ।

टिम नेपोका अध्यक्ष प्रदीप गिरीले कारागार कार्यालय धादिङका प्रमुख राम मणि मिश्रजीलाई पत्रसहित विभिन्न विधाका ५१५ थान पुस्तक हस्तान्तरण गरेका हुन् ।

पोले यसअघि अर्घाखाँची, स्याङ्जा, तनहुँ, अछाम, चितवन, दाङ, रसुवा, लमजुङ, र काभ्रे कारागारहरूमा पनि पुस्तकालय स्थापना गरिसकेको जनाएको छ ।

यस अभियानले नेपालका विभिन्न जिल्लाका कारागारहरूमा पुस्तकालय स्थापना गरी कैदीहरूलाई पुनर्स्थापना, मानसिक विकास, र शिक्षाको पहुँच पुर्याउँदै आएको दावी गरेको छ ।