
काठमाडौं । चैत ४ मा मध्यराति डीएसपी अनिल घिमिरे नेतृत्वको टिमले झोर महांकालबाट ना.७ ख १६५२ नम्बरको ट्रकलाई नियन्त्रणमा लियो ।
उक्त ट्रक चालक सहित सहित प्रहरीले २५ करोड १ लाख ६० हजार नियन्त्रणमा लियो । विदेशी बिनियम (नियमित गर्ने) ऐन, २०१९ अनुसार प्रहरीलाई सुराक दिनेले बिस प्रतिशत रकम पाउने कानुनी व्यवस्था छ ।
उक्त व्यवस्था अनुसार सुराक दिने व्यक्तिले ५ करोड नेपाली रुपैयाँ पाउने छन् भने उनको नाम गोप्य राखिने छ । पुरस्कार रकम मुद्दा फैसला भएपछि मात्रै निकासा हुन्छ । त्यसमा कानुन अनुसार कर भने लाग्ने छ ।