
धादिङ । गत स्ववियु निर्वाचनमा अखिल (क्रान्तिकारी) ले जितेको तीन क्याम्पस (चन्द्रोदय बहुमुखी क्याम्पस विशलाटर बेनीघाट रोराङ, जय बागेश्वरी बहुमुखी म्याम्पस मलेखु बेनीघाट रोराङ र धुनिबेसी स्थित मच्छिन्द्र बहुमुखी क्याम्पस) मा भोली चैत ५ गते स्ववियु निर्वाचन हुँदै छ ।
चन्द्रोदव बहुमुखी क्याम्पस विशालटारमा १५७ जना मतदाता
बेनीघाट रोराङमा रहेको चन्द्रोदव बहुमुखी क्याम्पस विशालटारमा १५७ जना मतदाता रहेका छन् । यस क्याम्पसमा यो वर्ष पनि कांग्रेसको नेवि संघ र एमालेको अनेरास्ववियुले क्रान्तिकारी विरुद्ध गठबन्धन गरेका छन् । क्रान्तिकारीले अन्जना रेग्मीको नेतृत्वमा प्यानल खडा गरेको छ भने कांग्रेसको नेवि संघ र एमालेको अनेरास्ववियुको गठबन्धनले नेवि संघका अभिषेक पाण्डेको नेतृत्वमा प्यानल बनाएको छ ।
गत चुनावमा एमाले कांग्रस निकट विद्यार्थीहरुको गठबन्धनका उम्मेद्वार नेवि संघकी संगीता श्रेष्ठलाई पराजित गर्दै सभापतिमा अखिल (क्रान्तिकारी) का सञ्जित सुवेदी विजयी भएका थिए । क्रान्तिकारीका त्रिपाठीले ९१ मत पाउँदा गठबन्धनबाट गठबन्धनका उम्मेद्वार नेवि संघ की श्रेष्ठले ७९ मत मात्रै ल्याएकी थिईन् ।
जय बागेश्वरी बहुमुखी क्याम्पसमा १२० जना मतदाता
बेनीघाट रोराङ मलेखु स्थित जय बागेश्वरी बहुमुखी क्याम्पसमा यो पटब १२० जा मतदाता विद्यार्थीहरु छन् ।
यस क्याम्पसमा अखिल (क्रान्तिकारी) र एकीकृत समाजवादी निकट अनेरास्ववियूले गठबन्धन गरेका छन् भने कांग्रेसको नेवि संघ र एमालेको अनेरास्ववियुले पनि गठबन्धन गरेका छन् । (क्रान्तिकारी) र एकीकृत समाजवादी निकट अनेरास्ववियूले क्रान्तिकारीका अनुनय सिल्वालको नेतृत्वमा प्यानल खडा गरेको छ भने नेवि संघ र अनेरास्ववियुले अनेरास्ववियुका विवश सेढाईको नेतृत्वमा प्यानल बनाएका छन् ।
यस क्याम्पसको गत स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियु र कांग्रेस निकट नेवि संघको संयुक्त गठबन्धनका तर्फबाट उठेका उम्मेदवार अनेरास्ववियुका विषम अधिकारीलाई पराजित गर्दै अखिल क्रान्तिकारीका नवराज त्रिपाठी विजयी भएका थिए । क्रान्तिकारीका त्रिपाठीले ६२ मत पाउँदा गठबन्धनबाट अनेरास्ववियुका विषम अधिकारीले ३७ मत मात्रै पाएका थिए ।
मच्छिन्द्र बहुमुखी क्याम्पस जम्मा मतदाता १९४ जना
धुनीबेसी नगरपालिकामा रहेको मच्छिन्द्र बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा यो पटक १९४ जना मतदाता रहेका छन् ।
यस अखिल (क्रान्तिकारी), नेवि संघ र अनेरास्ववियु आ आफ्नै ढंगले निर्वाचनमा लड्ने भएका छन् ।
क्रान्तिकारीले गत स्ववियू चुनावमा निर्वाचित स्ववियु सभापति अनिल उप्रेती कै नेतृत्वमा प्यानल बनाएको छ । नेवि संघले सागर पाठकको नेतृत्वमा व्यानल बानाएको छ भने अनेरास्ववियुले सबिन नेपालको नेतृत्वमा प्यानल बनाएको छ ।
गत स्ववियु चुनावमा अखिल (क्रान्तिकारी) का अनिल उप्रेती ले १०९ मत ल्याई विजयी हुँदा प्रतिद्वन्दी नेवि संघका राजेश भट्टराईले ९६ मत ल्याएका थिए ।