नीलकण्ठमा नेवि संघद्वारा भवानी भट्टराईको प्यानललाई वैधानिकता

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन २८, २०८१

धादिङ । धादिङको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्व विद्यालयबाट QAA certificate (शैक्षिक गुणस्तरिय प्रमाणपत्र) प्राप्त गर्न सफल धादिङको एक मात्र क्याम्पस नीलकण्ठको स्ववियू र्विाचनका लागि मंगलबार नेवि संघको दुई प्यानल दर्ता भएपछि नेवि संघ केन्द्रिय अध्यक्षले भवानी भट्टराईको प्यानल नै नेवि संघको आधिकारी प्यानल रहेको पत्र जिल्लामा पठाएका छन् ।

भीम ढुङ्गाना र रमेश धमला पक्षले भवानी भट्टराईको नेतृत्वमा एउटा प्याल बनाएको थियो भने कृषि मन्त्री एवम् जिल्ला सभापति रामनाथ अधिकारी पक्षले राजन अधिकारीको नेर्ततवमा अर्को प्यानलको उम्मेदवारी दर्ता गराएको थियो ।

नेपाल विद्यार्थी संघ केन्द्रीय दुजाङ शेर्पाले उम्मेदवारी मनोनयन पत्र दर्ताका क्रममा नेपाल विद्यार्थी संघ बाट भवानी भट्टराईको समूह नै नेपाल विद्यार्थी संघको आधिकारिक उम्मेदवार रहेको जानकारी पत्र जिल्ला हुन् ।

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र एमाले निकट अनेरास्ववियुले भागबण्डा गरेर उम्मेदवारी दिएका छन् । अखिल (क्रान्तिकारी) का तर्फबाट इश्वरी प्रसाद आचार्यले सभापतिमा उम्मेदवारी दिएका छन् भने अनेरास्ववियुले कोषाध्यक्षमा रोजी श्रेष्ठ सचिवमा लक्ष्मी धमलालाई उठाएको छ । क्रान्तिकारीका तर्फबाट सदस्यमा चार जना रोजिना रिजाल, विश्वान तामाङ, प्रभाकर रिजाल, सरस्वती विकले उम्मेदवारी दिएका छन् भने अनेरास्ववियुका तर्फबाट सदस्यमा दुई जना रविन गुरुङ र वसन्ती मायाँ तामाङले उम्मेदवारी दिएका छन् ।