भोली देखि चैत १ गतेसम्म हावाहुरी, चट्याङको जोखिम

Avatar photo
Dhadingpost
आइतवार, फाल्गुन २५, २०८१

काठमाडौं । चैत १ गतेसम्म हावाहुरी, चट्याङ र केही ठाउँमा असिनाको समेत सम्भावना रहेको मौसमविद् धर्मराज उप्रेतीले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले पनि भोलि वर्षा गराउने प्रणाली भित्रने र पश्चिमी क्षेत्रमा वर्षा गराउने बताएका छन् ।

देशमा अब प्रि–मनसुनका गतिविधि बढ्दै जाने जाँदा स्थानीय वायुको प्रभाव बढ्ने र दिउँसोतिर बादल विकसित भएर हावाहुरी, चट्याङ, वर्षाको सम्भावना रहने पुडासैनीले बताएका छन् ।

आज पनि कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका १/२ ठाउँमा हल्का हिमपात तथा कोशी र बागमती प्रदेशका पहाडी भू–भागका १/२ ठाउँमा मेघगर्जन र चट्याङसहित सामान्य वर्षाकाे सम्भावना रहेको महाशाखाले जनाएको छ । फाईल तस्वीर