इराक पुगेका धादिङका भुवन गुरुङ सहित चार नेपालीको मृत्यु

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २३, २०८१

काठमाडौं । सरकारले वैदेशिक रोजगारी लागि इराक जानको लागि प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटोबाट इराक पुगेका धादिङका भुवन गुरुङ सहित चार जना नेपालीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धादिङका भुवन गुरुङ सहित गोरखा बारपाक सुलिकोट-२ का निकेश गुरुङ, तेह्रथुमका टङ्कबहादुर फुम्बो, सिन्धुपाल्चोकका सञ्चमाई तामाङ रहेका छन् । उनीहरुको सडक दुर्घटना, हृदयघात र आत्महत्याका कारण इराकको बगदाद, कुर्दिस्तान र सुलेमानियामा मृत्यु भएको हो ।

दुतावास नभएकोले गर्दा उनीहरुको शव नेपाल पठाउन कठिन बनि रहेको एनआरएन इराकका अध्यक्ष विनोद श्रेष्ठले बताए ।