माओवादी केन्द्र धादिङको बैठक आज, यी हुन् एजेण्डा

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन २३, २०८१

धादिङ । ज्लिलाका सबै पालिकाहरुमा सम्ममेलन मार्फत नयाँ नेतृत्व चयन गरेपछिको आज जिल्ला समन्वय समितिको पहिलो बैठक बस्दै छ । जिल्ला सचिव दिपक लामिछाने ( सुबोध) का अनुसार आज बस्ने बैठकले बैचारिक राजनीतिक, संगठन, उत्पादन कोश, विकास निमार्ण लगायतका योजगत एजेण्डाहरुमा छलफल गरि निर्णय गर्ने छ ।

सचिव लामिछानेका अनुसार आज बैठमा छलफल हुने एजेण्डाहरु
१. बैचारिक राजनीतिक :
दर्शनमा द्वन्द्वात्मक भौतिक वादको ३ आधाभुत नियम र ऐतिहासिक भौतिकवादको ३ आधारभुत नियम
२. संगठन बारे:
कार्य विभाजन, पार्टी (गाउँ /नगर/वडा/ सेल/ जबस मोर्चा: बिद्यार्थी, महिला, किसान, वाइसीएल, शिक्षक आदि
३. आर्थिक :
लेवी, संगठन सुदृढीकरण उत्पादन कोश, आत्मनिर्भर अन्तरनिर्भर अर्थ ब्यब्स्थापनको सिधाान्त अन्तरगत उत्पादन सहकारी, उपभोक्ता सहकारी र बजारीकरण सहकारी
४. पार्टी राज्य सत्ता (सरकार) बिकास निर्माण र जनसामुदायको भुमिका:
स्थानीय सरकार, स्थानीय विषेशता र जनता बिच तालमेल (दस्तावेज पौष २१ केन्द्रीय समिति शिर्षक १-१२), समाजवादको अभ्यास
५. सामाजिक साँस्कृतिक रुपान्तण बारे
६. विविध
क) पार्टी भवन निर्माण बारे।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (८ मार्च ) मार्क्स एंगेल्स
ग) स्वबियु निर्वाचन (चैत ५)
घ) मध्यपहाडी (पुष्पलाल स्मृति ) लोकमार्ग, (पातको दुना टपरी, स्थानीय उत्पादन खाने)
ङ) केन्द्रीय समिति र प्रदेशको योजना बारे
च) डिजिटल AI र जलवायु परिवर्तन
छ) जन्क फूड, पेप्सीकोला, कोका, बन डढेलो, प्लास्टिक प्रयोग
ज) पाठ्य पुस्तक (सामन्य कानुन, जनयुद्ध )
झ) बन्चरे डाडा र फोहोर ब्यब्स्थापन
या) सबै कमरेडहरुको अभिलेख बारे
ट) पालिका सामाजिक लेखापरीक्षण

बैठकमा केन्द्रिय सदस्यहरु हितबहादुर तामाङ, शालिकराम जम्कट्टेल, पुष्पविक्रम मल्ल, दिपा सिंखडा, रामबहादुर भण्डारी लगायतका नेताहरुको आथित्यता रहने बताईएको छ । फाईल फोटो