
धादिङ । धादिङको गल्छि गाउँपालिका–३ गुप्तेश्वरीमा अाउने भक्तजनहरुलाई पानी बाेकेकाे ट्याङकर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।
प्रहरी नायव उपरिक्षक सुवास हमालका अनुसार आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर गएको बागमती प्रदेश ०१–००४ क ३३५२ नम्बरको ट्याङकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खस्दा उक्त दुर्घटना भएकाे हाे ।
दुर्घटनामा परि घाइते भएका गजुरी गाउँपालिका–६ का १८ वर्षिय प्रशान्त चेपाङ र २० वर्षिय जयराम चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक हमालले बताए ।
दुर्घटनामा गजुरी गाउँपालिका-६ का १९ वर्षिय सिरिश चेपाङ र १७ वर्षिय सुरेस चेपाङको धादिङ अस्पतालमा उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।