
धादिङ । लगातार तेस्रो पटकको विजेता जनजागृति माध्यमिक विद्यालयलाई पराजित गर्दै थाक्रे गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता केवलपुर स्थित हरिहर भोजकुमारी माध्यामिक विद्यालयले जितेको छ ।
गत वर्ष तेस्रो पोजिसनमा देखिएको हरिहर भोजकुमारीले यो पटक खेलकुदमा आफूलाई अब्बल सावित गर्दै विगत तीन वर्ष लगातार विजेता बनेको जनजागृतिलाई रोक्दै यो पटक विजेता बन्न सफल भएको हो ।
प्रतियोगितामा १४ स्वर्ण ८ रजत र ६ कास्य सहित प्रथम हरिहर भोजकुमारी प्रथम हुँदा, १२ स्वर्ण १० रजत १० कास्य सहित जनजागृति द्धितीय बन्यो भने गत वर्ष उपविजेता बनेको ब्लुमिङ लोट्स इ. माध्यमिक विद्यालय १२ स्वर्ण ९ रजत ५ कास्य सहित तृतीय भएको छ ।