धादिङका राजन अधिकारी प्रेस सेन्टर बागमतीकाे उपाध्यक्षमा चयन

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ६, २०८१

धादिङ । सिन्धुपाल्चोककाे सुकुटे स्थित भोटेकोशी बीच रिसोर्टमा सम्पन्न प्रेस सेन्टर नेपालकाे पाँचौ अधिबेशनबाट अध्यक्षमा मकवनपुरका ध्रुव अधिकारी चयन हुँदा धादिङका राजन अधिकारी उपाध्यक्षमा चयन भएका छन् ।

अध्यक्ष पदका आकाङ्क्षी प्रेस सेन्टर नेपाल धादिङका निवर्तमान अध्यक्ष समेत रहेका अधिकारी उपाध्यक्षमा बन्न राजी भएपछि कार्यसमितिको सबैपदमा सर्वसम्मत नेतृत्व चयन भएकाे जनाईएकाे छ ।

नव निर्वाचित कार्यसमितिको समावेशी उपाध्यक्षमा गौतम जिरेल, महिला उपाध्यक्षमा अन्जली तामाङ, महासचिवमा नविन श्रेष्ठ, खुला सहसचिवमा सुमन गैरे, खुला सचिवमा मणिसुन्दर कोइराला, जनजाति सचिव रोजन तामाङ, महिला सचिवमा भावना रिजाल, दलित सचिवमा गम्भिर बिक र कोषाध्यक्षमा राजेन्द्र गजुरेल चयन भएका छन् ।

अधिवेशनको उद्धघाटन नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख अग्नी सापकोटाले गरेका थिए ।