कार्यसम्पादन मूल्याङ्कनमा धादिङका पालिकाको नतिजा

Avatar photo
Dhadingpost
शनिबार, फाल्गुन ३, २०८१

धादिङ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कनमा देशभरका सात सय ५३ पालिकामध्ये धादिङको नेत्रावती डवजोङ गमती प्रदेशकै पहिलो र नेपाल भरको तेस्रो स्थानिय तह बन्न सफल भएको छ ।

आयोगको गरेको १७ वटा सुचकको आधारमा नेत्रावती डवजोङ गाउँपालिकाले ७८.२ नम्बर ल्याई प्रदेशकै पहिलो भएको हो ।

सूचकहरूमध्ये पालिकाले गरेको खर्च, बेरूजु, लेखा परीक्षणले औँल्याएको बेरूजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे नगरेको, राजस्वको विभाजन गरे नगरेकोलगायतका सूचकमा मूल्याङ्कन गर्ने गर्दछ । समय सीमाभित्र बजेट ल्याए नल्याएको, बजेट पास गरे–नगरेको, घरजग्गा रजिष्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकममध्ये ४० प्रतिशत प्रदेश सरकारलाई मासिक रूपमा दिए नदिएकोलगायतका आधारमा अनलाइन पोर्टलबाट अपलोड गरी सोही आधारमा मूल्याङ्कन गरिएको आयोगले जनाएको छ ।

धादिङको १३ वटा स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कन
नेत्रावती डवजोङ ७८.२ अंक
नीलकण्ठ नगरपालिका ७६.५ अंक
बेनिघाट रोराङ ७४.४ अंक
गंगाजमुना ६१.५ अंक
गल्छी ६०.७ अंक
ज्वालामुखी ५९.१ अंक
सिद्धलेक ५७.६ अंक
धुनिबेसी ५५.६ अंक
थाक्रे ५५.६ अंक
त्रिपुरासुन्दी ५५.३ अंक
गजुरी ५४.५ अंक
खनियाबास ५२.७ अंक
रुवी भ्याली ४८.८ अंक