
धादिङ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले अध्यक्षमा डा. बाबुराम भट्टराईसहित ११ पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनेको छ ।
उक्त निर्वाचमा धादिङका राम घले उपाध्यक्षमा, सृजा रिजाल सचिवमा पाजित हुन पुगेका छन् भने । केन्द्रिय सदस्यका पदका लागि उम्मेदवारी दिएका धादिङका राम ढकाल, प्रमोद पोखरेल र निकिता तामाङ पनि पराजित भएका छन् ।
अध्यक्षमा भट्टराईले नेत्र चापागाईँलाई भारी मतले हराए। महासचिवमा सोनामसिंह स्याङ्तानले जिएस गुरुङलाई पराजित गरे। उपाध्यक्षहरूमा मानुषी यमी भट्टराई, दुर्गा सोब निर्विरोध भए। ९९ सदस्यीय केन्द्रीय समितिमा ९ जना मनोनयन गर्नेछ ।