
धादिङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) धादिङ ले नेपाली भाषा विषय अध्यापन गर्ने शिक्षकहरुको लागि १ दिने शिक्षक तालिम सम्पन्न गरेको छ ।
ऐरावती प्रकाशनको प्राविधिक सहयोग आयोजित शनिबार भएको उक्त नेपाली भाषा शिक्षण तथा सिर्जनात्मक लेखन तालिममा प्याब्सन धादिङमा आवद्ध २७ विद्यालयका शिक्षकहरुले सहभागी जनाएका थिए
भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ कवि तथा समालोचक प्रा.डा.देवी नेपाल ले कार्यशालाको सहजकर्ताको भूमिका निर्वाह गरेका थिए ।

प्यब्स धादिङका सचिव तथा एड्भान्स एकेडेमीका प्रिन्सिपल भीम बहादुर श्रेष्ठका अनुसार प्याब्सन धादिङका अध्यक्ष दिनेश भट्टको सभापतित्वमा सञ्चालन भएको उक्त तालिममा ऐरावती प्रकाशनका अध्यक्ष रामदेव पाण्डे र बागमती प्रदेश तालिम विभागका प्रमुख रामचन्द्र अर्यालको उपस्थिति रहेको थियो ।