प्रेेस चाैतारी धादिङको अध्यक्षमा अर्जुन श्रेष्ठ चयन

Avatar photo
Dhadingpost
शनिबार, माघ १९, २०८१

धादिङ । नेकपा एमाले निकट प्रेस चौतारी नेपाल धादिङ शाखाको एघारौं जिल्ला अधिवेशनबाट अध्यक्षमा अर्जुन श्रेष्ठ चयन भएका छन् ।

नव निर्वाचित जिल्ला कमिटीकाे उपाध्यक्षमा रेखबहादुर र सुशिला अर्याल, सचिवमा अनिलकुमार नेपाली, सहसचिवमा विनोद तमु र विरमान तामाङ, कोषाध्यक्षमा उपेन्द्र अधिकारी चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रिताकुमारी (चिनो) सारु, अशोक श्रेष्ठ, सुदिप अधिकारी र शर्मिला शाक्य चयन हुँदा केन्द्रीय प्रतिनिधिमा तारा रिजाल, नानु कार्की, केशव अधिकारी, श्रीहजुर सिलवाल प्रदेश प्रतिनिधिमा
रिता कुमारी (चिनो) सारु, लक्ष्मी भुजेल, सुदिप अधिकारी, बिरमान तामाङ चयन भएका छन् ।