गजुरीमा दोस्रो अध्यक्ष कप राष्ट्रिय खुल्ला ब्याडमिण्टन हुने

Avatar photo
Dhadingpost
शुक्रबार, माघ १८, २०८१

धादिङ । धादिङको गजुरी गाउँपालिकाले आगामी फागुन ८ देखि १० गते सम्म गजुरी गलौंदी स्थित कभर्ड हलमा दोस्रो अध्यक्ष कप खुल्ला राष्ट्रिय ब्याडमिण्टन प्रतियोगिताको आयोजा गर्ने भएको छ ।

प्रतियोगितामा राष्ट्रिय पुरुष युगल, राष्ट्रिय ९० प्लस पुरुष युगल, राष्ट्रिय पुरुष युगल बी’, जिल्ला स्तरीय पुरुष युगल बी, जिल्ला स्तरीय पुरुष युगल सी’ यस्तै खुल्ला जनप्रतिनीधि स्तरीय विधाहरुमा प्रतियोगिता हुने बताईएको छ । फाईल तस्वीर

राष्ट्रिय पुरुष युगल तर्फ प्रथमलाई ६६ हजार ६६६, द्वितियलाई ४० हजार र तृतीयलाई २६ हजार ६६६, राष्ट्रिय ९० प्लस पुरुष युगल तर्फ प्रथमलाई ४६ हजार ६६६, द्वितियलाई २६ हजार ६६६ र तृतीयलाई २६ हजार ६६६, राष्ट्रिय पुरुष युगल बी, तर्फ ४६ हजार ६६६, द्वितियलाई २६ हजार ६६६ र तृतीयलाई २६ हजार ६६६ जिल्ला स्तरीय पुरुष युगल बी तर्फ ३३ हजार ३३३, द्वितियलाई २० हजार र तृतीयलाई १३ हजार ३३३, बी’ तर्फ प्रथमलाई ३० हजार, द्वितियलाई २० हजार, तृतीयलाई १३ हजार ३३३ र जिल्ला स्तरीय पुरुष युगल सी’ तर्फ प्रथमलाई २० हजार, द्वितियलाई १३ हजार ३३३ र तृतीयलाई १३ हजार ३३३ हजार, जनप्रतिनीधि तर्फ प्रथम प्रथमलाई ३३ हजार ३३३, द्वितियलाई २० हजार र तृतीयलाई १३ हजार ३३३३ पुरस्कार राखिएको छ ।

गत वर्ष सम्पन्न प्रथम अध्यक्ष कपमा राष्ट्रिय तर्फ त्रिभुवन आर्मी क्लवका निश्चल खत्री र पविन लिङथेनलाई पराजित धादिङका दाजुभाईको जोडी दाजुभाई राममल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरीले जितेका थिए । भेट्रान तर्फ पर्वतका प्रेम कुमार गुरुङ र सञ्जय कपालीको जोडीले कास्कीको राजेश गुरुङ र शम्भुकुमार श्रेष्ठको जोडी प्रथम भएका थिए भने जिल्ला स्तरीय पुरुष युगल ‘बी’ लेभल तर्फ लक्ष्मण मल्ल ठकुरी र कृष्ण मल्ल ठकुरीको जोडीलाई पराजित गर्दै राममल्ल ठकुरी र अञ्जन श्रेष्ठको जोडी प्रथम हुँदा जिल्ला स्तरीय पुरुष युगल ‘सी’ लेभलमा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ र गोविन्द श्रेष्ठको जोडी गजुरी कै समुन्द्र पाठक र विजय रानाको जोडीलाई हराउँदै प्रथम भएका थिए ।