धादिङका राम-लक्ष्मण ब्याडमिण्टनका शान हुन् –गणेशलाल श्रेष्ठ

Avatar photo
नारायण सिलवाल
शनिबार, फाल्गुन १२, २०८०

धादिङ । गजुरी गाउँपालिकाले आयोजना गरेको प्रथम अध्यक्षक कप खुल्ला ब्याडमिण्टनको एलेभलको खेल दाजुभाई राममल्ल ठकुरी र लक्ष्मण मल्ल ठकुरीले जिते सँगै पालिका अध्यक्ष गणेशलाल श्रेष्ठले राम-लक्ष्मण ब्याडमिण्टनमा धादिङका शान भएको बताएका छन् ।

गलौदीको कभर्डहलामा सम्पन्न अध्यक्ष कप ब्याडमिण्टनमा राष्ट्रिय पुरुष युगल तर्फ राम-लक्ष्मणले त्रिभुवन आर्मी क्लवका निश्चल खत्री र पविन लिङथेनलाई पराजित गरे सँगै पालिका अध्यक्ष श्रेष्ठले राम-लक्ष्मणलाई गजुरीले ससक्दो सहयोग गर्ने बताउँदै उनीहरु ब्याडमिण्टन धादिङको शान भएको बताएका हुन् ।

पहिलो सेट १५–२१ मा आर्मी टिमलाई हराएका रामल-क्ष्मणले दोस्रो सेटमा भने २१–१३ मा पराजित भएपनि तेस्रो सेटमा १८–२१ को अंक स्कोरले आफ्नो पक्ष्यमा पार्दै फाईनल जितेका थिए ।

भेट्रान तर्फ पर्वतका प्रेम कुमार गुरुङ र सञ्जय कपालीको जोडीले कास्कीको राजेश गुरुङ र शम्भुकुमार श्रेष्ठको जोडीलाई हराउँदै फाईनल जितेको छ । यस्तै  जिल्ला स्तरीय पुरुष युगल ‘बी’ लेभल तर्फ लक्ष्मण मल्ल ठकुरी र कृष्ण मल्ल ठकुरीको जोडीलाई पराजित गर्दै राममल्ल ठकुरी र अञ्जन श्रेष्ठको जोडी प्रथम भएको छ बन्यो भने जिल्ला स्तरीय पुरुष युगल ‘सी’ लेभलमा गजुरी गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठ र गोविन्द श्रेष्ठको जोडी गजुरी कै समुन्द्र पाठक र विजय रानाको जोडीलाई हराउँदै प्रथम भयो ।

प्रतियोगितामा राष्ट्रिय पुरुष युगल तर्फ प्रथमलाई ५० हजार, द्वितियलाई ३० हजार र सेमिफाईनलिष्टलाई १० हजार, भेट्रान पुरुष युगल तर्फ प्रथमलाई ३५ हजार, द्वितियलाई २५ हजार र सेमिफाईनलिष्टलाई १० हजार, पुरुष युगल ‘बी’ तर्फ प्रथमलाई ३० हजार, द्वितियलाई २० हजार र सेमिफाईनलिष्टलाई १० हजार र पुरुष युगल ‘सी’ तर्फ प्रथमलाई २५ हजार, द्वितियलाई १५ हजार र सेमिफाईनलिष्टलाई ६ हजार पुरस्कार प्रदान गरिएको थियो ।

नतिजा