
धादिङ । धादिङबेसीमा भोली माघ १० देखि देखि २० गतेसम्म हुने ‘लोक संस्कृतिको प्रर्वद्धनको सारः पहिचान पर्यटन र समृद्धिको आधार’ भन्ने नाराका साथ ‘धादिङ लोक सांस्कृतिक महोत्सव २०८१’ को उद्घाटन नेपाली कांग्रेसका नेता एवम् उप-प्रधानमन्त्री प्रकाशमान सिंहले गर्ने भएका छन् ।
भोली बिहिबार बिहान १० बजे देखि धादिङबेसी पुछारबजारबाट बहु साँस्कृतिक भाषा भाषीको प्रतियोगितात्मक झाँकी सहितको र्याली हुने बताईएको छ भने १२ बजे धादिङबेसी स्थित खुलामञ्चमा ‘धादिङ लोक सांस्कृतिक महोत्सव २०८१’ विधिवत उद्घाटन हुने जानाईएको छ ।
प्रतियोगितामा धादिङका सबै स्थाननीय तहको ११ टिम र अन्य दुई टिम गरी १४ टिमको सहभागिता रहने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारहरुबाट दैनिक प्रस्तुति रहने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान धादिङका उपाध्यक्ष संगित सुवेदीलले धादिङपोष्टलाई बताए ।
महोत्सवमा विभिन्न जातीय मौलिक खानाका परिकारहरू, घरेलु उद्योग तथा व्यवसायिक स्टलहरू, पर्यटन प्रवर्द्धनसम्बन्धी विभिन्न क्रियाकलापहरू मौलिक भेषभुषहरूको प्रदर्शनी तथा रमाइलो मेला र बाल उद्यानको मनोरञ्जन रहने आयोजकले जनाएको छ ।
महोत्सव राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्य समिति धादिङ र सामुदायिक विकास संचार तथा विकास केन्द्र धादिङले आयोजना मा सम्पन्न हुन लागेको हो ।