
धादिङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन अन्तरगत नयाँ कार्य समितिका लागि यहि माघ १२ गते निर्वाचन हुन गहिरहेको छ ।
निर्वाचनका लागि मंगलबार अनलाईबाट उम्मेदवारी मनोनयन सकिँदा धादिङबाट दुई जनाले उम्मेद्वारी दिएका छन् ।
धादिङबाट केन्द्रिय उप महासचिव पदका लागि उपेन्द्र जम्कट्टेलले र केन्द्रिय सदस्यका लागि विनोद आचार्यले उम्मेदवारी दिएका हुन् ।
उप महासचिवका उम्मेदवार उपेन्द्र जम्कट्टेल
२०६५ मा किरान्चोक मावि इकाई कमिटिमा आवद्ध
२०६८ मा इकाई सचिव
०६९ मा अखिल (क्रान्तिकारी) किरान्चोक अध्यक्ष
०७० मा अखिल (क्रान्तिकारी) धादिङ क्षेत्र नं ३ सचिवालय सदस्य
०७२ मा अखिल (क्रान्तिकारी) जिल्ला सहसचिव
०७५ मा अखिल (क्रान्तिकारी) जिल्ला संयोजक
०७९ मा अखिल (क्रान्तिकारी) धादिङको इन्चार्ज
केन्द्रिय सदस्यका उम्मेदवार विनोद आचार्य
२०७१ मा मछिन्द्र बहुमुखी क्याम्पस इकाई कमिटि सदस्य
२०७३ मा मछिन्द्र बहुमुखी क्याम्पस कमिटि अध्यक्ष
२०७३ मै मछिन्द्र बहुमुखी क्याम्पसको स्ववियु सचिव
२०७३ मै अखिल (क्रान्तिकारी) धादिङको सदस्य
२०७४ मा अखिल (क्रान्तिकारी) धादिङको सचिवालय सदस्य
२०७७ मा अखिल (क्रान्तिकारी) धादिङको कोषाध्यक्ष
२०७८ मा अखिल (क्रान्तिकारी) धादिङको कार्यालय टिममा
२०७८ भाद्र ३१ देखि ०८१ भाद्र १५ सम्म जिल्ला अध्यक्ष