नागार्जुन सिकाई केन्द्रद्वारा जस्तापाता र विद्यार्थीलाई न्यानो कपडा सहयोग

Avatar photo
Dhadingpost
बुधबार, माघ २, २०८१

धादिङ । धादिङ र लमजुङलाई कार्यक्षेत्र बनाई सामाजिक गतिविधि गर्दै आएको नागार्जुन सिकाई केन्द्रले धादिङको गङ्गाजमुना ४ मा वडाको सिफारिस पछि ८ घर विपन्न परिवारलाई जास्तापाता र सिकाई केद्रमा अध्यनरत विद्यार्थीलाई न्यानो कपडा सहयोग गरेको छ ।

हेल्प फर नेपाल र जीवन विज्ञान यूकेको सहयोगमा गंगाजुना ४ ले सिफारिस गरेको आठ घर परिवारलाई पुस २९ गते पालिका उप प्रसमख रामेश्वर सिंखडा, वडाको उपस्थितिमा नागार्जुन सिकाई केन्द्रले जस्तापाता वितरण गरेको कर्यक्रम संयोजक विमला अधिकारी बताईन् ।

सिकाई केन्द्रमा स्कुल समय पछि साल्दुम आफ्नै भवनमा नियमित अध्ययनरत विद्यार्थीलाई न्यानो कपडा पनि वितरण गरेको छ । दिनभर स्कुल पढ्ने र बेलुका सिकाई केन्द्रमा कक्षा १२ सम्मका विद्यार्थीलाई पढ्न इच्छुकहरु पढ्दै आएका छन् ।