पात्लेमा आज फुटबल फाईनल र ल्होछार कार्यक्रम हुँदै

Avatar photo
Dhadingpost
बुधबार, माघ २, २०८१

नीलकण्ठ । धादिङको नीलकण्ठ १० पात्लेमा आज जारी १०औं मन बहादुर स्मृति कप 7 “A” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिताको फाईनल खेल र ल्होछार विशेष सास्कृतिक कार्यक्रम हुदैछ ।

फाईनल पुग्न जनआवाजले मेन्दोफोले एफसी (बी) लाई हराएको थियो भने छोइलिङले देवलीछाप क्लबलाई हराएको थियो । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ३१ हजार हात पार्नेछ भने उपविजेताले ६५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

फाईनल खेल पछि हुने ल्होछार कार्यक्रममा शैलाप वाईवा, विरु लामा, रोनिश तामाङ, सिता लामा लगायतका कलाकारहरुको प्रस्तसी,विजेतलाई पुरस्कार र सम्मान कार्यक्रमहरु हुने आयोजक संस्थाका प्रेम पाख्रिन तामाङले धादिङ पोष्टलाई बताए ।

यस प्रतियोगिताको प्रथम पुरस्कारका लागि बेलायत बस्दै आएका पूर्ण पाख्रिन तामाङले १ लाख ३१ हजार आर्थिक सहयोग गरेका छन् । गत वर्ष  नवौं संस्करणमा १ लाख ३० हजार पनि उनले प्रथम पुरस्कारका लागि सहयोग गरेका थिए । उनी स्वर्गिय मनबहादुरका छोरा हुन् भने, तामाङ घेदुङ युकेका संस्थापक अध्यक्ष, शाक्य लिन्क युकेका अध्यक्ष, धादिङ नुवाकोट समाज युकेका क्षेत्रिय संयोजक हुन् ।

नीलकण्ठ नगरपालिका १४ धुवाँकोट पात्लेमा ०५१ मा बोष्टन तामाङ, धनेन्द्र तामाङ, रोशन तामाङ, रामसिंह तामाङ लगायतले फुटबल खेल सुरु गरे थिए । स्थानीय बुद्धिलाल तामाङ (हाल क्यानडा), धनबहादुर तामाङ (हाल यूके), मानबहादुर लगायतले पात्लेमा खेल मैदान निमार्णको सुरुवात गरेका थिए । उक्त खेल मैदान अहिले सुधारिएको अवस्थामा देख्न सकिन्छ । धादिङमा फुटबल खेल्नकै कै लागि निमार्ण भएको पहिलो खेल मैदानको रुपमा पात्ले खेल मैदानलाई लाईन्छ । यसै खेल मैदानमा विद्यार्थी उपकार संघले हरेक वर्ष मानबहादुर मेमोरियल कप गर्दै आईरहेको छ ।