बागमती सहित तीन प्रदेशमा फैलियो ‘अफ्रिकन स्वाइन फिभर’

Avatar photo
Dhadingpost
आइतवार, पुस २८, २०८१

काठमाडौं । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर, काठमाण्डौका अनुसार बागमती प्रदेश सहित तीन प्रदेशमा सुँगुर, बङ्गुर तथा बँदेल प्रजातीमा लाग्ने ‘अफ्रिकन स्वाइन फिभ फैलिएको छ ।

यो रोग पशुबाट मानिसमा नसर्ने तर सुङ्गुर, बङ्गुर तथा बँदेल प्रजातीमा छिटो फैलिने सरुवा रोग हो । यसअघि २०७९ सालमा देशका २८ जिल्लामा रोग फैलिएको थियो ।

यो रोग सङ्क्रमित सुँगुर, बङ्गुर तथा बँदेल प्रजातिमा उच्च ज्वरो आउने, कान, पुच्छर र पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, शरीरमा नीलो धब्बा देखिने, खाना नखाने, छेर्ने, लड्खडाउने, तुहिने र ज्यानै जाने अवस्था आउने गर्दछ ।