दशौं मानबहादुर कपको पहिलो दिनको नतिजा

Avatar photo
Dhadingpost
शुक्रबार, पुस २६, २०८१

धादिङ । विद्यार्थी उपकार संघ नीलकण्ठ १४ धुवाँकोट पात्लेको आयोजना र मान बहादुर मेमोरियल ट्रस्टको सह–आयोजनामा दशौं मानबहादुर मेमोरियल कप 7 “A” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता सुरुभएको छ ।

पहिला दिनको खेल
पहिलो खेलमा S.B.A टिमले बज्र पदम टिमलाई ५-१ को स्कोरले पराजित
दोस्रो खेलमा जनआवाज टिमले चौतारा टिमलाई २-० को स्कोरले

विद्यार्थी उपकार संघको अध्यक्ष सरीता तामाङको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा नीलकण्ठ नगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष नवराज दुवाडीको प्रमुख आथित्यता रहेको थियो । त्यसै गरि मान बहादुर मेमोरियल ट्रस्टका नाम्जा तामाङ, एन्फा फुटबल धादिङका उपाध्यक्ष सुरेश तामाङको विशेष आथित्यता रहेको थियो

३२ टिम सहभागी यो दशौं संस्करण प्रतियोगिताको पुरस्कार राशी विजेतालाई १ लाख ३१ हजार, उपविजेतालाई ६० हजार, सेमिफाईनलमा पुग्ने दुई टिमलाई २०-२० हजार रहेको प्रेम तामाङले जानकारी दिए । यस प्रतियोगिताको प्रथम पुरस्कारका लागि बेलायत बस्दै आएका पूर्ण पाख्रिन तामाङले १ लाख ३१ हजार आर्थिक सहयोग गरेका छन् । गत वर्ष  नवौं संस्करणमा १ लाख ३० हजार पनि उनले प्रथम पुरस्कारका लागि सहयोग गरेका थिए । उनी स्वर्गिय मनबहादुरका छोरा हुन् भने, तामाङ घेदुङ युकेका संस्थापक अध्यक्ष, शाक्य लिन्क युकेका अध्यक्ष, धादिङ नुवाकोट समाज युकेका क्षेत्रिय संयोजक हुन् ।

नीलकण्ठ नगरपालिका १४ धुवाँकोट पात्लेमा ०५१ मा बोष्टन तामाङ, धनेन्द्र तामाङ, रोशन तामाङ, रामसिंह तामाङ लगायतले फुटबल खेल सुरु गरे थिए । स्थानीय बुद्धिलाल तामाङ (हाल क्यानडा), धनबहादुर तामाङ (हाल यूके), मानबहादुर लगायतले पात्लेमा खेल मैदान निमार्णको सुरुवात गरेका थिए । उक्त खेल मैदान अहिले सुधारिएको अवस्थामा देख्न सकिन्छ । धादिङमा फुटबल खेल्नकै कै लागि निमार्ण भएको पहिलो खेल मैदानको रुपमा पात्ले खेल मैदानलाई लाईन्छ । यसै खेल मैदानमा विद्यार्थी उपकार संघले हरेक वर्ष मानबहादुर मेमोरियल कप गर्दै आईरहेको छ ।