नेत्रावती डबजाेङकाे पाँचौं राष्ट्रपति रनिङ शिल्ड निरन्जनाले जित्याे

Avatar photo
Dhadingpost
शनिबार, पुस १३, २०८१

धादिङ । नेत्रावती डबजोङ गाउँपालिकाको पालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता निरन्जना माविले ८ स्वर्ण, ९ रजत र ४ कास्य गरि २१ पदककाे साथमा जितेकाे छ । गत साल पनि निरन्जनाले नै जितेकाे थियाे ।

गत वर्षकाे उप विजेता बनेकाे मंगलादेवि मावि यस पटक ७ स्वर्ण, ३ रजत र ५ सहित तृतीय बन्न पुग्दा गत वर्ष तृतीय बनेकाे कुन्डलादेवी मावि ८ स्वर्ण, ४ रजत र ४ कास्य सहित द्वितीय बन्न सफल भएकाे छ ।

खेल प्रशिक्षक बच्चु राम थापामगरका अनुसार गत वर्ष १ स्वर्णमा राेकिएकाे चाैतारा मावि यस पटक ४ स्वर्ण ७ रजत र ७ कास्य सहित चाैंथाे भयाे भने गत वर्ष १ स्वर्णमा चित्त बुझाउन वाध्य महेन्द्रबाराहि मावि यस पटक पनि १ स्वर्ण मै राेकियाे ।

गत वर्ष सेमजोङको चौतारा माविमा सम्पन्न नेत्रावती डवजोङको रनिङ शिल्ड प्रतियोगिता निरन्जना माविले ११ स्वर्ण, ७ रजत र ७ कास्य पदक ल्याई जितेको थियो भने ९ स्वर्ण, ४ रजत र ५ कास्य सहित मंगलदेवी माध्याकिम विद्यालय द्वितिय भएको थियो ।