एड्भान्सको प्रि–पाइमेरी फेस्टिबल २०८१

Avatar photo
Dhadingpost
शुक्रबार, पुस १२, २०८१

धादिङ । धादिङबेसी स्थित ‘एड्भान्स एकेडेमी’ ले कक्षा प्ले ग्रुप देखि कक्षा यू.के.जी.सम्म अध्ययन गर्ने नानीबाबुहरुको Pre-Primary   and  Food  Festival  कार्यक्रम सम्पन्न गरेको छ ।

बालबालिकाको व्यवहारिक ज्ञान, सिप, नृत्यकला, सिर्जनात्मक अभिव्यक्ति, व्यक्तिगत क्षमता प्रस्फुटनका साथै उनीहरुलाई मनोरञ्जन प्रदान गर्ने र स्वस्थकर खानाको लागि अभिप्रेरित गर्न र उनीहरुलाई खाना परिकारहरु बनाउने सीप सिकाउने उद्देश्यका साथ यस Pre-Primary   and  Food  Festival कार्यक्रम आयोजना प्रिन्सिपल भीमबहादुर श्रेष्ठले बताए ।

कार्यक्रममा स्टलमा स्टल नं. १ चिया, स्टल नं. २ चना, अण्डा र अम्लेट, स्टल नं. ३ मा कोदोको रोटी र मुलाको थेपे अचार, स्टल नं. ४ मा आलु चप र पकौंडा र स्टल नं. ५ पक्वन (मकैको फुल) गुन्द्रुक र भटमासको अचार रहेको थियो । मनोरञ्जनका लागि च्ष्लन न्बmभ र न्बिकक त्यधभच न्बmभ जस्ता खेल पनि खेलाइएको थियो ।

यस्तो थियो एड्भान्सको यस अघिका

स्टल संचालनमा मुख्य भूमिका शिक्षकहरुको नेतृत्वका कक्षा ८ देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागीता गराइएको थियो । आजको कार्यक्रममा बलबालिकाहरुको नृत्यकला, वक्तृत्वकला , तेक्वान्दो प्रस्तुति साथै शिक्षकहरुको नृत्य, अभिभावकहरुको बेजोड प्रस्तुति पनि रहेको थियो ।

विद्यालय संचालक समितिको अध्यक्ष अर्जुन कुमार श्रेष्ठ ‘गोर्खाली’ को प्रमुख आतिथ्यतामा भएको उक्त फेस्टिबलमा अभिभावहरुको समेत उपस्थिति गराईएको थियो ।