धादिङका दुई जना, कांग्रेसको आर्थिक विभागमा मनोनित

Avatar photo
Dhadingpost
बिहिबार, पुस ११, २०८१

धादिङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आर्थिक नीति तथा योजना विभागमा १० जना मनोनित गर्दा धादिङका दुई जना परेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सभापति देउवाद्वारा मननोनित १० जना मध्य धादिङका डा. प्रताप छत्कुली र राजकुमार त्रिपाठी (आरके) परेका हुन् ।

यो समितिको प्रमुखमा केन्द्रीय सदस्य प्रा.डा. गोविन्दराज पोखरेल रहेका छन् । मनोनित हुने अन्य सदस्यहरुमा प्रा. विनय कुसियत, धनुषा, प्रा. डा. रश्मी राजभण्डारी, काठमाडौं, डा. सुदन ओली, रोल्पा, डा. ईशा घर्ती, लम्जुङ, डा. रेवतबहादुर कार्की, ओखलढुंगा, डा. राजेन्द्र बीर चन्द, कैलाली, अमरबहादुर रोकाय, सुर्खेत, होमप्रसाद घिमिरे, ललितपुर रहेका छन् ।