धादिङ । धादिङको दशौं एन्फा लिग विजेता धुनिबेसी युवा समाज यहि पुस १० गते हुने बागमती प्रदेश स्तरीय लिग फुटबल प्रतियोगिताका लागि समूह ‘सी’ मा परेको छ । यो समूहमा धादिङ, ललितपूर र मकवानपूर रहेका छन् ।
धादिङको धुनीबेसीले पहिलो लिग खेल पुस १२ गते मकवानपूर सँग खेल्ने छ । चार समूह बनाएर खेलाईने यस प्रदेश लिग पुस २० गते सम्म हेटौंडामा हुनेछ ।
गत चैतमा धादिङ जिल्ला स्तरीय दशौं एन्फा लिगमा भद्रकाली सामुदायिक समाज मलेखुलाई २-१ पराजित गर्दै धुनिबेसी प्रदेशका लागि छनोट भएको थियो ।
यसअघि आठौं एन्फा लिगको धादिङ समाज धादिङबेसी जिल्ला लिग, प्रदेश लिग जित्दै अन्तर प्रदेश लिग खेलेको थियो भने नवौं जिल्ला लिगको विजेता विद्यार्थी उपकार संघ नीलकण्ठले कोरोनाको कारण प्रदेश लिग नै नभए पछि जिल्ला लिग भन्दा माथिका खेल्न पाएन ।