माओवादी केन्द्र खनियाबासको अध्यक्षमा आश बहादुर तामाङ चयन

Avatar photo
Dhadingpost
सोमवार, पुस १, २०८१

धादिङ । नेपाल कम्युनिस्ट पार्टी ( माओबादी केन्द्र ) खनियाबास गाउँ समिति धादिङको तेस्रो सम्मेलनबाट खनियाबास गाउँपालिका समितिको पार्टी अध्यक्षमा आश बहादुर तामाङ चयन भएका छन् ।

नव निर्वाचित ३३ सदस्यी पालिका समितिको उपाध्यक्षमा च्याङ्बाराम तामाङ, वीर बहादुर तामाङ, सन्दिप स्याम्चेन तामाङ, सचिबमा परेम बहादुर तामाङ, सह-सचिबमा फुलमाया तामाङ र कोषअध्यक्षमा युबराज सुनार निर्वाीचत भएका छन् ।

नेकपा माओवादी केन्द्र खनियाबासका बरिस्ठ उपाध्यक्ष च्याङ्बाराम तामाङको अध्यक्षतामा सम्पन्न भएको उक्त सम्मेलनमा केन्द्रिय सदस्य पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यता रहेको थियो भने यस्तै केन्द्रिय सदस्य रामबहादुर भण्डारी, बागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटीको विशेष अतिथ्यता र धादिङ संयोजक मनराज भण्डारी प्रदेश सदस्य एवम् गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङ, पालिका इन्चार्ज मंग तामाङ लगायतको आतिथ्यता रहेको थियो ।