धादिङ । धादिङबेसीमा विद्यालयको पाठ्यपुस्तकमा समावेस गरि तेक्वान्दो सिकाउँदै आएको एड्भान्स एकेडेमीले आईतबार तेक्वान्दो ग्रेडिङ सम्पन्न गरेको छ । ग्रेड्रिमा कक्षा ४ देखि ८ सम्मका २२७ जना विद्यार्थीहरु विभिन्न वेल्ड ग्रेडिङमा सफल भएका छन् ।
एड्भान्समा बिगत ३ वर्ष ले ०७२ साल देखि कक्षा ३ देखि ८ सम्मको विद्यार्थीहरुलाई पाठ्यक्रममा नै समावेश गरि अनिवार्य रुपमा राष्ट्रिय तेक्वान्दो पठन पाठन गर्दै आएको छ । विद्यार्थीको अनुशासन, स्वास्थ आत्मा सुरक्षाको लागि तेक्वान्दो तालिम दिदै आइएको विद्यालयका प्रिन्सिपल भिम बाहादुर श्रेष्ठले बताए ।
हाल सम्म एड्भान्स एकेडेमीबाट २०० भन्दा बढी विद्यार्थीहरुले तेक्वान्दोको ब्ल्याक बेल्ट लिईसकेका छन् । ग्रेडिङमा राष्ट्रिय तेक्वान्दो संघका सल्लाहकार (Black Belt 6th DAN) राजुराज पाण्डेले निर्णयकको भुमिका निभाएका थिए ।