धादिङ । झिंगु नेवाः समाज धादिङले धादिङबेसी स्थित बीचबजारमा शनिबार देखि सुरु गरेको सडक नेवाः खाना उत्सव आजपनि हुने छ ।
सडकमै खाऔं, सडकमै रमाऔं, सडकमै कमाऔं भन्ने मूल नाराका साथ जारी सडक नेवाः खाना उत्सवमा योमरी, चटामरी, बारा छोइला, सपुमिचा, मसरुम छोइला, सोयाविन छोइला, वः लगायतका नेवारी परिकारहरु राखिएको छ ।