धादिङका राजन दुवाडी इजराइलबाट आज वक्तृत्वकलामा भाग लिँदै

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २९, २०८१

धादिङ । नेपाली संघ राष्ट्रिय समन्वय परिषद इजराइल नेपालभन्दा बाहिर रहेका नेपालीहरुले भाग लिन पाउने बिश्व व्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिताको आज फाईलन राउण्ड हुँदैछ ।

आज नेपाली समय अनुसार साँझ आज बेलुका ५ बजे देखि जुम मार्फत हुने उक्त प्रतियोगितामा अडिसन राउण्ड पार गरिसकेका धादिङ नीलकण्ठ ८ का राज दुवाडीले फाईलन राउण्डका लागि प्रतिस्पर्धा गर्दै छन् । उनी हाल इजराइलमा छन् ।

प्रतियोगितामा धादिङका दुवाडी इजराइल सहित विभिन्न देशबाट ४० जनाले भाग लिँदै छन् । यस प्रतियोगिताको पुरस्कार राशी प्रथमलाई २ लाख, द्वितियलाई १ लाख र तृतीयलाई ५० हजार रहेको छ ।

प्रतियोगिता बेलायत, जापान, मलेसिया, इजरायल, अमेरिका, रसिया, थाइल्याण्ड, पोल्याण्ड, कोरिया, जर्मनी, स्वीडेन, क्यानाडा, माल्टा लगायतका देशबाट प्रतिस्पर्धीहरूको सहभागिता हुनेछ । सो प्रतियोगितामा भाग लिन ४६ जनाले आवेदन दिएका थिए, जसबाट ३० जना अन्तिम चरणमा पुगेका हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईको प्रमुख आतिथ्यमा आज कार्यक्रम सम्पन्न हुनेछ । कार्यक्रमका विशिष्ट अतिथिहरूमा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, कुमार पन्त, वर्तमान अध्यक्ष डा. बद्री केसी, संस्थापकद्धय भीम उदास र रामप्रताप थापा रहेका छन् ।