धादिङ । उत्तरी धादिङको रुवी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङ र पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटघाट भएको छ । पूर्व प्रधानमन्त्री प्रचण्डलाई भेट्न रामसिंह तामाङ प्रचण्ड निवास पुगेका हुन् ।
भेटमा अध्यक्ष राम सिंहले रुबी भ्याली गाउँपालिकाको विकास निर्माणमा भैरहेको गतिविधिको विषयमा जानकारी गराएका थिए भने रुबी भ्यालीमा निर्माणाधिन जलबिधुत, धादिङबेशी साङकोष तिप्लिङ सडक निर्माणमा अहिलेको सरकारले ढिला सुस्ती गरेको आफूले महसुस गरिरहेको प्रचण्डले बताएका थिए ।
भेटका क्रममा यस अघिका संविधानसभा सदस्य पुष्पविक्रम मल्ल, प्रदेश सांसद देखि निवर्तमान मुख्य मन्त्री शालिकराम जम्कट्टेल सहित धादिङ पार्टीले दुरगामी काम गरेको जनतामा पुर्याउन समेत प्रचण्डले अध्यक्ष तामाङलाई आग्रह गरेका थिए ।
अब अब छिट्टै रुवी भ्यालीका जनता सँग साक्षतकार गर्न आफू आउने समेत प्रचण्डले बताएका थिए ।