धादिङ । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयल हेटौंडाले जिल्ला युवा समिति धादिङको अध्यक्षमा विनोद रिजाललाई मनोनित गरेको छ ।
नेपाल विद्यार्थी संघमा आवद्ध रहेर काम गरिरहेका रिजाललाई अबको ४ बर्षको लागि प्रदेश युवा परिषद् ऐन २०७६ को दफा १३ को उपदफा २ क बमोजिम मनोनित गरेको हो ।
यस अघि एकीकृत समाजवादी निकटबाट सुनिता सिंखडा जिल्ला अध्यक्षमा मनोनित भएकी थिईन उनको कार्य अवधि सकिएपछि रिजाललाई नियुक्त गरिएको हो ।