पत्रकार महासंघ धादिङको अध्यक्षमा प्रेस सेन्टरले राजन अधिकारीलाई उठाउने

Avatar photo
Dhadingpost
आइतवार, मंसिर २३, २०८१

धादिङ । यहि मंसिर २८ गते हुन गहि रहेको पत्रकार महासंघको निर्वाचनमा प्रेस सेन्टर धादिङले पत्रकार महासंघ जिल्ला शाखा धादिङको अध्यक्षमा राजन अधिकारीलाई उठाउने निर्णय गरेको छ ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यतामा शनिबार बसेको प्रेस सेन्टर धादिङको बैठकले जिल्ला अध्यक्ष समेत रहेका अधिकारीलाई पत्रकार महासंघ जिल्ला शाखा धादिङको अध्यक्षमा उठाउने निर्णय गरेको हो ।

यसअघि सदस्यताको हिसावले महासंघमा तेस्रो शक्ति थियौं पदाधिकारी लिएर अन्य संगठनलाई सघायौं, अहिले अवस्था त्यस्तो छैन । हामी पहिलो संगठन भएकोले अध्यक्ष नछाड्ने बैठकले निर्णय गरेको समेत अधिकारीले धादिङपोष्टलाई बताए ।

गठबन्धन होला भयो भने को सँग गर्ने नि भन्ने प्रश्नमा अधिकारी भन्छन्, हामीलाई अध्यक्षमा समर्थन गर्ने जुन संगठन सँग पनि हुन सक्न । तर अध्यक्ष छाडेर हामी गठबन्धन गर्दैनौं ।

विगतमा हामीले अन्य संगठनलाई सघाएकै हौं यो पटक उहाँहरुले हामीलाई समर्थन गर्नु हुन्छ भन्ने आशा छ । तथापी एक्लै चुनावी मैदानमा जान पनि प्रेस सेन्टर तयारी अवस्थामा रहेको उनले बताए ।