प्रचण्ड मंसिर २७ गते चेपाङ वस्ती विधाङ आउने, विद्यालय एकीकृत आवास उद्घाटन गर्ने

Avatar photo
Dhadingpost
शनिबार, मंसिर २२, २०८१

धादिङ । तात्कालिन बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको प्रदेश सरकारले एक वर्ष अघि विद्यालयलाई आवशिय मोडल लैजाने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार सिमान्तकृत जातिको बाहुल्यता रहेको धादिङको बेनीघाट रोराङ ८ विधाङमा यो सुविधा सुरु भएको छ ।

विद्यालय एकीकृत आवास उद्घाटका लागि पूर्व प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्ड यहि मंसिर २७ गते चेपाङ बस्ती विधाङ आउन लागेका हुन् । यसै शैषिक वर्ष देखि यस वडाका १७५ जना विद्यार्थीहरुले एकीकृत आवास सुविधा लिईरहेका छन् ।

यस वडामा ७ वटा विद्यालयहरु छन् यी भौगोलिक हिसावले यी विद्यालयहरुको बीचमा पर्ने कालिका माविमा अन्य ६ विद्यालयका १ कक्षा माथिका सबै विद्यार्थी ल्याईएको छ र ति विद्यार्थी मध्यबाट आवास सुविधा दिनु पर्ने देखिएका विार्थीहरुलाई यो सेवा प्रदान गरिएको कालिका माविका प्रधानाध्यापक इश्वरबाबु रेग्मीले धादिङपोष्टलाई बताए ।

आवास सेवा लिएका विद्यार्थीहरु दिउँसो कालिकामा पढ्छन् भने उनीलाई बस्नका लागि २ किलो मिटर पैदल यात्रा गरर सूर्योदय आविको भवन ल्यैजाने गरिएको प्रअ रेग्मीले बताए । मुख्य मन्त्री जम्कट्टेल सर हुँदा प्रदेशले ७५ लाख आवास भवनका लागि बजेट विनियोज गरेको छ । भवन सम्पन्न भएपछि यहि राखेर पढाईने उनले बताए ।