रिचोक भ्यु पार्कमा वाइसीएलद्वारा वृक्षारोपण

Avatar photo
Dhadingpost
साउन २७, २०८३

धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–४ स्थित रिचोक भ्यु पार्कमा वाइसीएल नेपालद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ ।

वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको वृक्षारोपण कार्यक्रममा विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो। कार्यक्रममा स्थानीय नेता, युवा तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

वृक्षारोपण कार्यक्रममा बेनिघाट रोराङ गाउँपालिका उपाध्यक्ष तथा नेकपाका केन्द्रीय सदस्य क. टाप बहादुर श्रेष्ठ, नेकपा बागमती प्रदेश समितिका सदस्य तथा बेनिघाट रोराङ गाउँपालिका समितिका सह–इन्चार्ज क. चन्द्र बहादुर सिलवाल (मिलन), वाइसीएल नेपालका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क. सन्तोष अधिकारी, संगठनका जिल्ला उपाध्यक्ष क. अजय भण्डारी, नेकपाका नेता क. छविलाल श्रेष्ठ, क. शुक्रकुमार श्रेष्ठ लगायत नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए ।

कार्यक्रममा सहभागीहरूले रिचोक भ्यु पार्कको प्राकृतिक सौन्दर्य तथा वातावरणीय महत्त्वलाई थप संरक्षण र प्रवर्द्धन गर्न वृक्षारोपणले योगदान पुर्‍याउने बताएका थिए ।