धादिङ । नेकपा (माओवादी केन्द्र) रुवी भ्यालीको पालिका सम्मेलन शुक्रबार भव्य कायक्रमका बीच लापामा सम्पन्न भएको छ । सम्मेलनले अध्यक्षमा करिमान तामाङलाई अध्यक्षमा चय गरेको छ ।
माओवादी केन्द्र धादिङका इन्चार्ज पुष्पविक्रम मल्लको प्रमुख आतिथ्यता रहेको उक्त सम्मेलन उद्घाटन सत्रमा केन्द्रिय सदस्य रामबहादुर भण्डारी बागमती प्रदेशका सह सचिव दलबहादुर बुर्लाकोटी, धादिङ संयोजक मनराज भण्डारी प्रदेश सदस्य एवम् गाउँपालिका अध्यक्ष रामसिसह तामाङ, मिम्बा तामाङ लगायतको आतित्थ्यता रहेको थियो ।
सम्मेलनबाट रुवी भ्यालीको उपाध्यक्षमा विपिन तामाङ, नरबहादुर तामाङ र गजेन्द्र गुरुङ चयन भएका छन् भने सचिवमा मृङ्गे तामाङ, कोषाध्यक्षमा लालिमायाँ तामाङ र सह सचिवमा वविल घले चयन भएका छन् ।
सम्मेलन उद्घाटन गर्दै प्रमुख अतिथि पुष्प विक्रम मल्लले लापा जनयुद्धको उद्गम थलो रहेको र अहिलेको उपलब्धीमा यहाँका स्थानीयहरुको ठुलो भूमिका रहेको बताउँदै माओवादीको अहिले लडाईको स्वरुप बदलिए हो लडाई जारी नै रहेको बताएका थिए । उत्तरी धादिङको विकास जुन गतिमा भईरहेको छ त्यो जयुद्धको बलमा माओवादीले सुरुगरेको दावी गरेका थिए ।