धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाले सूचना जारी गर्दै खेलकुद प्रशिक्षक माग गरेको थियो । मंगलबार भएको लिखित र अन्तरवार्ता परिक्षा मार्फत भलिबल विधामा महेन्द्र ढुङ्गाना र फुटबल विधा तर्फ रवि भण्डारी प्रशिक्षकमा छनोट भएका हुन् ।
तीन जना प्रशिक्षक माग भए अनुसार परेका निवेदन अनुसार मंगलबार परिक्षाका लागि बोलाईए पनि एथलेटिक्स विधाका गौतम श्रेष्ठ भने परिक्षामा सहभागि नै भएनन् । स्रोतका अनुसार ज्वालामुखी गाउँपालिकाले थप सेवा सुविधा सहित खेलकुद प्रशिक्षकमा नियुक्त गर्ने तयारी गरेकाले उनी नीलकण्ठको विधागत प्रशिक्षकबाट ब्याक भएका हुन् ।
नीलकण्ठले प्रशिक्षकका लागि छनोट गरेका महेन्द्र ढुङ्गाना जिल्ला भलिबल संघमा समेत अवद्ध छन् भने तेक्वादो, कबड्डी र भलिबल रेफ्री हुन् । अर्का निवेदकमा फुटबल तर्फ रवि भण्डारी छन् उनी जिल्ला फुटबल संघ धादिङका प्रशिक्षक हुन् ।