नेत्रावती डबजोङका ७१ शिक्षक र १४ विद्यार्थी सम्मानित

Avatar photo
Dhadingpost
सोमवार, मंसिर १७, २०८१

धादिङ । धादिङको नेत्रावती डबजोङ गाउँपालिकाले आईतबार कक्षा ८, ९ र १० मा पढाउने ७१ जना शिक्षक र एसइई उत्कृष्ट विद्यार्थी, गत राष्ट्रपति रनिङ शिल्डमा पदक विजेता खेलाडी र पालिका स्तरीय कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।

गाउँपालिकाको सभाहलमा भएको उक्त कार्यक्रममा ७१ जना शिक्षकहरु मध्यबाट १६ जना विषय शिक्षकहरुलाई सर्वोत्कृष्ट शिक्षकका रुपमा दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

सर्वोकृष्ट हुने शिक्षकहरु: सरस्वती अधिकारी मंगलादेवि, सञ्जु श्रेष्ठ कन्यादेवि, सन्तोषी श्रेष्ठ गैरा आवि, प्रमिला सापकोटा गैरा आवि, महेन्द्र मल्ल महेन्द्र बाराही, सपना श्रेष्ठ गुभाजु कुन्डलादेवी, पुरुषोत्तम बराल कन्डलादेवी, घनश्याम शर्मा निरन्जना, विष्णुहरि भट्ट कुन्डला सुरेश अधिकारी निरन्जना, पार्वती जोशी निरन्जना, वेगम गिरी मंगलादेवी, मानसिंह तामाङ चौतारा, विकास थापामगर निरन्जना रहेका छन् ।

यसै गरी उत्कृष्ट उपलब्धी हासिल गर्ने विद्यार्थीहरु भनेर कक्षा ८ तर्फ पालिका प्रथम रोशनी तामाङ महेन्द्र बाराही, द्वितिय मन्दिर दुरेली ममेन्द्र बाराही र तृतीय अर्पण तामाङलाई नगद सहित क्रमस ८ हजार, ६ हजार र ४ हजार सहित सम्मान गरिएको थियो ।

एसइईमा सामादायीक तर्फ जिल्ला कै प्रथम बनेको यस पालिकाले उत्कृष्ट नतिजा ल्याउने ३ जना विद्यार्थीहरु रचना बज्रचार्य महेद्र बाराही ३.८७ जीपीए, निसा गुभाजु महेन्द्र बाराही ३.७९ जीपीए र टिना तामाङ कुन्डलादेवि ३.६८ जीपीएलाई क्रमस १० हजार, ८ हजार र ६ हजार नगद सहित सम्मान गरेको छ ।

यस्तै गत वर्षको जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा पदक विजेता खेलाडी विद्यार्थीहरु हाईजम्पमा रजत पदक विजेता रोशनी तामाङ महेन्द्र बाराहीलाई ३ हजार, दौडमा रजत विजेता सुनिल तामाङ चौतारा माविलाई ३ हजार, रिलेमा सुकु थापामागर मंगलादेवी, सुस्मिता थापामगर निरन्जना, सुनिमायाँ तामाङ निरन्जा, संकृति कार्की मंगलादेवी रजत पदक विजेताहरुलाई जनही २२००, दौडमा तृतीय हससुने सुनीमाया तामाङ निरन्जना र सटपुटमा आकृती थापामगर मंगलालाई २५००–२५०० सनगद सहित सम्मान गरिएको थियो ।

उक्त शिक्षक सम्मान कार्यक्रममा बोल्दै गाउँपालिकाका प्रमुख मेघनाथ रिजालले आधारभूत तहमा अध्यापन गर्ने शिक्षकहरुलाई यो वर्ष सम्मान गर्न नसकिएकोमा दुख व्यक्त गर्दै अर्को ससालदेखि सम्मान गरिने बताएका थिए । गत वर्ष पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्डमा वजेट थिएन यो पटक छ तयारीमा लाग्न सबै विद्यालयहरुलाई आग्रह गरेका थिए ।

पालिका उप प्रमुख सिता माया गुरुङले शिक्षाको विकास पालिकाको पहिलो प्रथामिकता रहेका र शिक्षकहरुलाई गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरेकी थिईन् । अब अनुगमन गरेर विद्यार्थीको अनुपातमा विद्यालय मर्ज समेत हु सक्ने बताउँदै उनले जुन विद्यालयमा हुनुहुन्छ त्यो विद्यालयमा तपाईले अध्यापन गराउने विषयमा विद्यार्थीहरु अब्बल हुनुपर्ने उप प्रमुखको निर्देशन थियो ।

कार्यक्रमका सभापति समेत रहेका प्रमुख प्रशासकीय हरेराम साहले IT को जमाना सकियो हामी IT भनेर नभनौं अब AI को जमाना आयो AI लाई प्रयोग गर्न नसकिए धेरै पछाडी परिने बताएका थिए ।