माओवादी केन्द्र नीलकण्ठले खबरदारी सभा गर्ने

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर १३, २०८१

धादिङ । नेकपा (माओवादी केन्द्र) नीलकण्ठ नगर समितिले मंसिर २८ गते भ्रष्टाचार र वेथिति विरुद्ध खबरदारी सभाको आयोजना गर्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य रामबहादुर भण्डारीको प्रमुख आतिथ्यतामा आज बसेको नगर अधिवेश तयारी बैठकले २८ गते नगर कार्यसमिति घोषण सभा तथा भ्रष्टाचार र वेथिति विरुद्ध सभा आयोजना गर्ने निर्णय गरेको जिल्ला संयोजक मनराज भण्डारीले बताए । भ्रष्टाचार र वेथिति विरुद्धको सभा नीलकण्ठमा मात्रै है जिल्लाका सबै पालिका सम्मेलनको दिन हुने समेत संयोजक भण्डारीले बताए ।

माओवादी केन्द्र धादिङले मंसिर महिनाभरमा जिल्लाका सबै पालिकाको सम्मेलन सक्ने मिति यस अघि नै सार्वजनिक गरि सकेको छ ।

पालिका सम्मेलन हुने मिति
धादिङ क्षेत्र नं. १
धुनीबेसी नगरपालिकाको मंसिर १८ गते
बेनीघाट रोराङको मंसिर २२ गते
गल्छीको मंसिर २४ गते
गजुरीको मंसिर २८ गते
सिद्वलेकको मंसिर २९ गते
थाक्रेको मंसिर ३० गते
धादिङ क्षेत्र नं. २
रुबि भ्याली मंसिर २१ गते
खनियावास मंसिर २३ गते
गंगाजमुना मंसिर २८ गते
त्रिपुरासुन्दरी मंसिर २५ गते
नेत्रावाती मंसिर २७ गते
नीलकण्ठ मंसिर २८ गते
ज्वालामुखी मंसिर ३० गते

पालिका सम्मेलनका लागि जिल्लाबाट प्रतिनीधित्व गर्ने केन्द्र र प्रदेशका सबै नेताहरुलाई जिम्मेवारी तोकिएको माओवादी केन्द्रले जनाएको छ ।