नीलकण्ठ नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर १३, २०८१

धादिङ । चालु बजेट तथा कार्यक्रम संशोधन सहित कृषि विधेयक, २०८१,नगर प्रहरी व्यवस्थापन विधेयक,२०८१ पारित गर्दै नीलकण्ठ नगरपालिकाको दोस्रो नगर सभाको छैटौँ हिउँदे अधिवेशन सम्पन्न भएको छ ।

बुधबार सम्पन्न उक्त हिउँदे अधिवेशनमा नगर प्रमसुख भीम प्रसाद ढुङ्गानाले जनभावनालाई सम्बोधन गरेर नीलकण्ठ नगरपालिकाले नीति निमार्ण सँगै काम गरिरहेको खावी गरेका थिए ।

नीलकण्ठ नगरपालिकाले १२ कक्षाको सम्मको शिक्षा निशुल्क गरेको, साथै वडा कार्यालय सम्म पिच गर्ने नीति अनुसार काम भईरहेको, स्वास्थ्य, खानेपानी, खेलकुद, कृषि, पर्यटनलाई वजेटले मुख्य जोड दिएको नगर प्रमुख ढुङ्गानाले बताएका थिए ।

नगर उप प्रमुख दिपक विश्वकर्माले आर्थिक बर्ष ०८०/८१ र चालू आर्थिक बर्षकोे कार्तिक मसान्तसम्मको बजेट कार्यान्वयन प्रतिवेदन तथा विनियोजन ऐन, २०८१ र आर्थिक ऐन, २०८१ मा संशोधन प्रस्ताव पेश गरेका थिए । चालू आ.व. २०८१/०८२ को कुल विनियोजित बजेट रु. १ अर्ब २२ करोड २३ लाख ९२ हजार ४०० भएकोमा मिति २०८१ मंसिर ११ गते सम्मको खर्च रु. २० करोड ,६२ लाख ५२ हजार ४ सय २५ रहेको छ ।