एड्भान्सका विद्यार्थीद्वारा ८५६ वर्ष पुरानो पौवा घर अवलोकन

Avatar photo
Dhadingpost
मङ्लबार, मंसिर ११, २०८१

धादिङ । एड्भान्स एकेडेमीले आज विद्यार्थीहरुलाई धादिङबेसी सदरमुकाम नजिकै नीलकण्ठ ४ रहेको ८५६ बर्ष पुरानो पौवा घर अवलोकन गराएको छ । शैक्षिक भ्रमण भन्दा केहि फरक पर्दैन नजिकको तिर्थ हेलाँ भने जस्तो प्रचार-प्रसार ओझेलमा रहेको पौवा घर बारे विद्यार्थीलाई जानकारी दिन अवलोकनमा लगिएको प्रिन्सिपल भिमबहादुर श्रेष्ठले धादिङपोष्टलाई बताए ।

सिला लेखमा उल्लेख गरे अनुसार करिव आठ सय ५६ वर्ष पुरानो पौवा घरको संस्कृतिक पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत अहिले संरक्षण सहित जिणद्धार गरिएको छ । पुरोनो भवन विद्यार्थीलाई देखाउन नसकिएपनि जिणद्धार गरिएको भवन र सिलालेख बारे जानकारी दिएर पौवाघरको महत्व बुझाईएको प्रिन्सिपल श्रेष्ठले बताए ।

शाके सम्वत् १२२२मा निर्माण भएको पुरातात्कि महत्व समेत बोकेको पौवा घर पृथ्वी नारयण शाहा राजधानी काठमाण्डौं आवत जावत गर्दा बस्ने ठाँउ भनेर पनी यहाँका स्थानीयले चिन्दै आएको घर हो । पौवाघरको संरक्षणको लागि तत्कालिन राजा गिर्वाणयुद्ध विक्रम शाहले २ सय मुरी धान फल्ने खेत गुठीको रुपमा राखेको पुराना कागज पत्रमा उल्लेख गरिएको पाइन्छ ।

राजा गिर्वाणयुद्ध विक्रम शाहले तत्कालीन प्रधानमन्त्री भिमसेन थापाको रोहवरमा स्थानीय चन्द्रवीर थापालाई लालमोहर लगाई बहुमूल्य जग्गा सहित युद्ध सामग्री ढाल तरबार, खुँडा लगायतका सामग्री प्रदान गरिएको पुराना कागज पत्रमा देखिन्छ । पौवाघरको संरक्षणको लागि दिइएको २ सयमुरी धान फल्ने खेतमा अहिले धादिङको जिल्ला सदरमुकाम रहेको छ । पौवाको बिर्तामा सयौ घर, पसल, कार्यालय रहेका छन् । बिर्ताको जग्गामा बसेर कैयौ व्यक्तिले करौडौ आम्दानी गरेको समेत देखिन्छ । गुठिबाट पौवाघरलाई ५ दशकदेखि केही सहयोग भएको छैन । स्थानीय केहि सामाजिक अभियान्तहरुको सक्रियतामा अहिले पौवाघर संरक्षणको अभियान चलाएको छ ।