मृत्युपश्चात् अंग दान गर्ने परिवारलाई दुई लाख दिने

Avatar photo
Dhadingpost
सोमवार, मंसिर १०, २०८१

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मृत्युपश्चात् मानव अंग दान गर्ने दाताका परिवारलाई दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ ।

यस्तै, अंग दानमा सघाउने अस्पताललाई ७५ हजार दिने समेत मत्रालयले निर्णय गरेको छ ।

यसअघि अंग दान गरेका व्यक्तिको परिवारलाई १ लाख र सहयोग गर्ने अस्पतालाई ५० हजार सरकारले मानव अंग प्रत्यारोपण केन्द्रमार्फत प्रदान गर्दै आएको थियो ।