धादिङ । धादिङबेसी स्थित एड्भान्स एकेडेमीले शुक्रबार Book- Free Day अन्तर्गत कक्षा ४ देखि कक्षा ७ सम्म अध्ययन गर्ने विद्यार्थीहरुको एकल नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
विजयी विद्यार्थीहरुको नामावली
- कक्षा ४ र ५ तर्फः अनुश्री थापा मगर प्रथम, साम्राज्ञी श्रेष्ठ र आज्ञा शाही द्वितिय, अनुस्का गुरुङ तृतीय, सुमिना इटनी र साक्षी थापा सन्तोना
- कक्षा ६ र ७ तर्फः अन्सिका गुरुङ प्रथम, राशी मल्ल ठकुरी र सृष्टि श्रेष्ठ द्वतिय, प्रश्ना थापा मगर तृतीय, कृष्टि तामाङ र सुस्मिता बसेल सन्तोना
विजयी विद्यार्थीहरुलाई विद्यालयका प्रिन्सिपल श्रेष्ठद्धारा पुरस्कार वितरण गरेका थिए ।
पढाईका साथै अतिरिक्त क्रियाकलाप अन्तर्गत व्यक्तिको रुचि, क्षमतालाई मध्यनजर गर्दै व्यक्तिगत प्रतिभा प्रस्फुटन, नृत्यकलाको विकास, प्रतिस्पर्धात्मक क्षमताको बृद्धि, लोक तथा सांस्कृतिक पक्षको जर्गेना तथा मनोरञ्जनका उद्देश्यले प्रत्येक शुक्रबार हुने Book- Free Day ले विद्यार्थीहरुको शैक्षिक तथा मानसिक विकासमा टेवा पुग्ने विद्यालय प्रधानाध्यापक भिमबहादुर श्रेष्ठ बताउँछन् ।