धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्याटारमा आजबाट हुन लागेको दोस्रो सल्यानटार महोत्सवको उद्घाटन पूर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउने प्रचार भएपनि प्रचण्ड नआउने माओवादी केन्द्र धादिङले जनाएको छ ।
माओवादी केन्द्र धादिङले जारी गरेको विज्ञप्तीमा भनिएको छ, अध्यक्ष प्रचण्ड अतिव्यस्त भएका कारण सल्यानटार महोत्सव उद्घाटन गर्न नआउने हुनुभएको हो ।
माओवादीको विज्ञप्तीमा जे उल्लेख भएपनि स्रोतका अनुसार सल्यानटार महोत्सव आयोजना गर्ने सहकारीको अध्यक्ष एमाले रहेको र प्रचण्ड ल्याउन कुरामा सहकारी संचालनकहरु एकमत नदेखिनु र कार्यक्रम व्यवस्थापनका लागि सहकारीले सहयोग नगरेका कारण प्रचण्ड आज नआउने भएका हुन् ।
गत वर्ष सम्पन्न प्रथम सल्यानटार महोत्सवको उद्घाटन कार्तिक १७ गते एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । उक्त महोत्सव उद्घाटन गर्दै ओलीले आफू प्रधानमन्त्री नभई वा एमालेको सरकार नआई बहुचर्चित जलाशययुक्त बुढीगण्डकी जलविद्युत आयोजना नबन्ने दावी गरेका थिए । फाईल तस्वीर