माओवादी केन्द्रद्वारा बागमती प्रदेश सरकारलाई आठ बुँदे ध्यानाकर्षण

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २८, २०८१

हेटौंडा । बागमती प्रदेश सभाको विपक्षी दल माओवादी केन्द्रले विभिन्न आठबुँदे मागसहित मुख्यमन्त्री बहादुरसिंह लामा तामाङलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

ध्यानाकर्षणपत्र बुझाउँदै जम्कट्टेलले सय दिनको अवधिमा प्रदेशमा सरकार छ भन्ने कुराको अनुभूति नै गर्न नपाएको बताएका थिए । उनले प्रमुख प्रतिपक्षको हैसियतले सरकारलाई नबरालिन र आफ्नो कर्तव्यमा केन्द्रित भई प्रदेश र प्रदेशवासीको हितमा काम गर्न आग्रह गर्न आएको बताएका छन् ।

ध्यानाकष पत्रमा दीर्घकालीन महत्त्वका प्रदेश सडक गुरुयोजना, समुदायमा आधारित उत्पादन कार्यक्रम, वडा समाजवादी कार्यक्रम, प्रदेश विश्वविद्यालय सञ्चालन, प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम परिषद् स्थापना र सञ्चालन, गृहिणी महिला कार्यक्रम, दलित विकास कार्यक्रम, चेपाङ, चिउरी, चमेरो, खेलकुद पूर्वाधार, अस्पताल स्तरोन्नति तथा सुदृढीकरण कार्यक्रमलगायत प्रदेशका रणनीतिक योजनाहरू विनाराजनीतिक पूर्वाग्रह लागू गर्न आग्रह गरिएको छ।